राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोलि हुने आफ्नो पार्टीको कार्यक्रममा यदि कुनै हिंसा भयो भने त्यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले प्रधानमन्त्रीले संविधान र कानूनको उल्लंघन गर्दै उत्तेजक भाषणमार्फत भिड जम्मा गरेर देशमा अशान्ति ल्याउन खोजेको आरोप लगाए।
उनले आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पार्दै भने, “कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ।” उनले राष्ट्रिय मानव अधिकार आयोगले पनि यसबारे विज्ञप्ति निकालिसकेको स्मरण गराए।
शाहीले आफ्नो कार्यक्रम रत्नपार्कस्थित शान्तिबाटीकामा हुने दाबी गर्दै प्रधानमन्त्रीलाई चुनौती दिँदै भने, “सडकमा आउनु छ भने पहिले राजीनामा दिनुहोस्।”

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया