SHAREHUB SHAREHUB

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड सम्पन्न, कतिले पाए ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २६ गते
Advertisement Ads
आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड सम्पन्न, कतिले पाए ?
Advertisement Ads

आईसीएफसी फाइनान्स लिमिटेडले निष्काशन गरेको ऋणपत्र बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज उक्त ऋणपत्र बाँडफाँड गरेको हो।

कम्पनीले फागुन ११ गतेदेखि फागुन १४ गतेसम्म प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यमा ५ लाख कित्ताका दरले कुल ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको थियो भने १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १ लाख ९० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।

उक्त ऋणपत्रमा १४ हजार १३७ जनाले आवेदन दिएका थिए। जसमध्ये १४ हजार १२९ जनाको आवेदन मात्र योग्य ठहरिएको छ। मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। त्यसअनुसार ७ हजार ६०० जनाले २५ कित्ताका दरले ऋणपत्र प्राप्त गरेका छन् भने बाँकी आवेदक खाली हात भएका छन्।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २१ गते ऋणपत्र निष्काशनको अनुमति दिएको थियो। वार्षिक ८ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्रको अवधि ७ वर्षको रहेको छ।

649780789 808463144958659 4130374180651280373 n rotated https://bajarkochirfar.com/icfc-finances-bond-allotment-completed-how-many-received-it | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स