राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफ्नो नाम जोडेर आएको स्मार्ट टेलिकमको ३० अर्ब रुपैयाँ ठगी प्रकरणसम्बन्धी समाचारलाई अस्वीकार गर्दै त्यसको प्रमाण प्रस्तुत गर्न चुनौती दिएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले आफूविरुद्ध आएका समाचारहरू भ्रामक र आधारहीन भएको दाबी गरे। उनले स्मार्ट टेलिकम प्रकरणमा आफू कुनै पनि निर्णय, बैठक वा फाइल प्रक्रियामा संलग्न नभएको स्पष्ट पारे।
खरेलले समाचारप्रति आपत्ति जनाउँदै भने, ‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर सुटुक्क स्वीट्जरल्याण्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, भ्रामक र सी ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो,’ खरेलले भने, ‘यसले मेरो मान, सम्मान, इज्जत, राजनीतिक जीवन, समग्र संसद् र मेरो पार्टीभित्र अपमान गरेको महसुस गरेको छ । यो संसद्मा रेकर्ड रहोस् भनेर यसको खेद र भर्त्सना गर्न चाहन्छु ।’
उनले उक्त समाचारप्रति संसदमा खेद र भर्त्सना जनाउँदै रेकर्डमा राख्न माग गरे।
सांसद खरेलले आफूलाई आरोप लगाउने पक्षलाई प्रमाणित गर्न खुला चुनौती दिँदै भने, ‘म चुनौती दिन चाहन्छु, स्मार्ट टेलिकम प्रकरणमा मैले एउटा मिटिङ, फाइल पारित गर्ने, मन्त्रालय वा सम्बद्ध कुनै निकायसँग एउटा बैठक मात्रै गरेको रहेछु भने मैले मेरो राजनीतिक जीवनबाट सधैं बिदा लिन चाहन्छु,’
उनले प्रमाण दिन नसके पत्रकारिता नै बन्द गर्नुपर्ने जस्तो गम्भीर प्रश्न पनि उठाएका थिए।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया