१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री पद दिन्छु: केपी ओली

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १ गते
१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री पद दिन्छु: केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १४ महिनापछि प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्।

काठमाडौंमा बिहीबार आयोजित ‘पूर्वयोजनाकार मञ्च नेपाल’को औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, “मैले १४ महिनापछि शेरबहादुरजीलाई प्रधानमन्त्री पद किस्तीमा राखेर औपचारिक रूपमा हस्तान्तरण गर्छु।”

कार्यक्रममा ओलीले देउवालाई संकेत गर्दै देश विकासका योजना बनाउने अवसर केही व्यक्तिले बारम्बार पाएको टिप्पणी पनि गरे। उनले भने, “सबैलाई एकै पटक मौका मिल्दैन। कोही–कोहीलाई पटक–पटक मिल्छ। शेरबहादुरजी त पाँच पटक प्रधानमन्त्री भइसक्नुभयो। यस्तो लाग्छ, अब फेरि पनि उहाँलाई त्यो मौका जुर्नेवाला छ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स