नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नेपालमै सर्वाधिक मत ल्याएर जित्ने सांसद आफू नै हुने दाबी गरेका छन्। झापा–५ बाट उम्मेदवार समेत रहेका उनले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा यस्तो दाबी व्यक्त गरेका हुन्।
अन्तर्वार्तामा ओलीले भने, “२०८२ को निर्वाचनमा सर्वाधिक मत ल्याएर जित्ने सांसद म हुनेछु। अहिलेका उम्मेदवारहरूमध्ये मेरो पार्टी भरसक बहुमत ल्याउनेछ, नभए बहुमतको नजिक प्रमुख पार्टीको हैसियतमा उपस्थित हुनेछ।”
उक्त दाबीको क्रममा अन्तर्वार्ताकारले एमालेको ११ औँ महाधिवेशनमा प्रतिस्पर्धा र पार्टीभित्रको एकताबारे प्रश्न उठाएका थिए। यसको जवाफमा ओलीले भने, “पार्टीभित्रको आन्तरिक अभ्यासले आम चुनावमा कुनै प्रभाव पार्ने छैन।”

















प्रतिकृया