सांसदको स्वकीय सचिव सुविधा हटाइएकोबारे मलाई थाहा नै थिएन: अर्थमन्त्री खनाल

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
सांसदको स्वकीय सचिव सुविधा हटाइएकोबारे मलाई थाहा नै थिएन: अर्थमन्त्री खनाल

संघीय सांसदहरूको स्वकीय सचिव सुविधा कटौती गरिएको निर्णयबारे अर्थमन्त्री रामेश्वर खनालले आफूलाई जानकारी नै नदिइएको बताएका छन्। राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मङ्गलबार बसेको बैठकमा उनले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

बैठकमा सांसदहरूले स्वकीय सचिव सुविधा हटाइएकाबारे प्रश्न गर्दा अर्थमन्त्री खनालले कानुनमा उल्लेख नभएका सुविधा मात्र कटौती गरेको बताएका थिए । तर, सांसदको स्वकीय सचिव सुविधा कानुन बमोजिम नै भएको बताएपछि यो विषयमा आफूलाई जानकारी नै  नभएको बताएका हुन् ।

‘यो प्रस्ताव मैले ल्याएको होइन, कानुन मन्त्रालयको हो,’ अर्थमन्त्रीले भने, ‘मलाई अनुसूची संशोधन गरेको थाहा थियो, तर त्यसमा के संशोधन गरियो भन्ने थाहा थिएन ।’

उनले विषयमा पूर्ण जानकारी लिन कानुनमन्त्री र प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिवद्धता पनि जनाए।

सरकारले हालै संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७३ को दफा २५ को आधारमा नेपाल राजपत्रमार्फत अनुसूचीमा हेरफेर गरेको थियो।

स्वकीय सचिव सुविधा हटाइएपछि संघीय र प्रदेश दुवै तहका सांसदहरूले असन्तुष्टि जनाइरहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स