प्रधानमन्त्रीको कार्यतालिका माग्ने अधिकार मलाई छैन: सभामुख अर्याल

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३० गते
प्रधानमन्त्रीको कार्यतालिका माग्ने अधिकार मलाई छैन: सभामुख अर्याल

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र साहलाई संसद् बैठकमा उपस्थित गराउने मिति तोक्ने अधिकार आफूलाई नभएको स्पष्ट पारेका छन्।

विपक्षी दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिका लागि रुलिङ गर्न माग गरेपछि सभामुख अर्यालले यस्तो प्रष्टिकरण दिएका हुन्।

उनले कुनै पनि सांसदको उपस्थितिका लागि कार्यतालिका निर्धारण गर्ने अधिकार वा कानुनी आधार सभामुखसँग नरहेको उल्लेख गरे। संसद्मा बोल्दै उनले कानुनको दायराभित्र रहेर मात्र सदन सञ्चालन गर्नुपर्नेमा जोड दिए।

सभामुख अर्यालले सांसदहरूको मागप्रति प्रतिक्रिया दिँदै भने, ‘हामी कानुन निर्माणको थलोमा छौँ। हामी त्यही कानुनमा टेकेर सभा सञ्चालन गरिरहेका छौँ। हामी त्यसैमा टेकेर सदन सञ्चालन गर्न चाहन्छौँ। तर अहिले माननीय सदस्यहरूले के प्रश्न गरिरहनुभएको छ भने सम्माननीय प्रधानमन्त्री आउने सुनिश्चितता गर्नुपर्‍यो भनेर। म माननीय सदस्यहरूलाई आगामी दिन पनि कोही पनि माननीय सदस्यज्युहरूको सम्माननीय प्रधानमन्त्रीज्युको मात्रै होइन, कोही पनि माननीय सदस्यज्यूहरू भोलि यो सदनमा आउन सक्नु हुन्छ वा सक्नु हुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका सोध्न सक्ने कुनै आधार अधिकार मैले देख्दिनँ।’

उनले बैठक सुचारु गराउन विपक्षी सांसदहरूलाई आग्रह गर्दै प्रधानमन्त्री साहसँग आजै साँझ उनको उपस्थितिबारे छलफल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

विपक्षीको अवरोध र सभामुखको स्पष्टिकरणपछि प्रतिनिधि सभाको बैठक पुनः १५ मिनेटका लागि स्थगित गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स