निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको क्रममा आफूले कुनै खालको गोली चलाउने वा बल प्रयोग गर्ने आदेश नदिएको स्पष्ट पारेका छन्।
आइतबार जाँचबुझ आयोगमा बयान दिइसकेपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने,”मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने वा कुनै लिखित/मौखिक आदेश दिएको छैन। दिनुपर्ने कानुनी वा नैतिक आधार छैन।”
लेखकले आफू अत्यन्तै पीडामा परेर पदीय मर्यादाको आधारमा राजीनामा दिएको पनि बताए। उनले थपे,”कति बल प्रयोग गर्ने, कसरी गर्ने भन्ने मसँग कुनै आदेश छैन। मैले नैतिकताको आधारमा राजीनामा दिएको हुँ।”
उनले थप प्रश्न गर्दै भनेका छन्, ‘मैले मान्छेलाई मार भनेर आदेश दिनसक्छु ? त्यस्तो गलत कर्म म बाट हुन्छ ? हुँदैन ।”

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया