SHAREHUBSHAREHUB

राष्ट्रपतिको अगाडि फोन चलाउन शोभनीय नहुने भएर निहुरिएको हुँ, १० औँ लाखलाई रमिता भयो: अर्थमन्त्री

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २९ गते
AdvertisementAds
राष्ट्रपतिको अगाडि फोन चलाउन शोभनीय नहुने भएर निहुरिएको हुँ, १० औँ लाखलाई रमिता भयो: अर्थमन्त्री
AdvertisementAds

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‌मा निदाएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडिओको विषयमा स्पष्टीकरण दिएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै उनले आफू निदाएको नभई फोनमा आएका म्यासेज हेर्दै रहेको बताएका हुन्।

अर्थमन्त्री वाग्लेले राष्ट्रपतिको सम्बोधनका क्रममा खुला रूपमा फोन हेर्न उपयुक्त नदेखिएकाले टेबुलमुनि राखेर म्यासेज हेरेको बताए।

‘अर्जेन्ट म्यासेजहरू आइरहेको थियो। माथि राष्ट्रपतिको अगाडि फोन यसरी हेर्न शोभनीय नहुने भएर टेबुलमुनि राखेर म्यासेजहरू हेरिरहेको थिएँ,’ उनले भने, ‘अर्थमन्त्री निदायो भनेर आज दसौं लाख मानिसलाई रमिता भएको छ।’

उनले सामाजिक सञ्जालमा देखिएका दृश्यका आधारमा तत्काल निष्कर्षमा नपुग्न आग्रह समेत गरे। ‘त्यसैले जे देखिन्छ, त्यो सही नहुन पनि सक्छ। एकदम दूरगामी निष्कर्षमा पुगिहाल्नु हुँदैन,’ वाग्लेले भने।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स