सर्वसाधारणका लागि दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति रुपैयाँ ?

सर्वसाधारणका लागि दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति रुपैयाँ ?

प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सबैले किन्न सक्ने गरी आफ्ना संस्थापक सेयर बिक्रीमा राखेका छन्। प्रभु बैंकले कुल ९,८८२ कित्ता र छिमेक लघुवित्तले २,४४,३८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन्।

प्रभु बैंकले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ भने छिमेक लघुवित्तले प्रतिकित्ता ३९० रुपैयाँ तोकेको छ। आवेदन दिन चाहने लगानीकर्ताले प्रभु बैंकको सेयर खरीदका लागि कम्तीमा १,००० कित्ता र छिमेक लघुवित्तको सेयरका लागि कम्तीमा ५०,००० कित्ताको लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ता खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

यसअनुसार प्रभु बैंकको सेयर खरीद गर्न न्यूनतम १ लाख रुपैयाँ र छिमेक लघुवित्तको सेयर खरीद गर्न न्यूनतम १ करोड ९५ लाख रुपैयाँ आवश्यक पर्नेछ। इच्छुक लगानीकर्ताले आज (असार ३ गते) देखि आवेदन दिन सक्नेछन्, जसको अन्तिम मिति असार १० गतेसम्म रहेको छ।

बोलपत्र आवेदन फाराम काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स