कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २० गते
कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक १९ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर सहित ९.७५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यसबाहेक, नेपाल सरकारको नाममा रहेका फिर्ता नहुने अग्राधिकार सेयरमा वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने निर्णय पनि बैंकले गरेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ।

ADBL https://bajarkochirfar.com/how-much-is-the-dividend-announcement-bonus-and-cash-of-the-agricultural-development-bank | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स