कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक १९ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर सहित ९.७५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
यसबाहेक, नेपाल सरकारको नाममा रहेका फिर्ता नहुने अग्राधिकार सेयरमा वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने निर्णय पनि बैंकले गरेको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ।


प्रतिकृया