सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ। यस लाभांशको वितरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेपछि आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरूमा वितरण गरिनेछ।







You must be logged in to post a comment.