प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन्।




















प्रतिकृया