कति छ कानुनमन्त्री सोविता गौतमको सम्पत्ति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २९ गते
कति छ कानुनमन्त्री सोविता गौतमको सम्पत्ति ?

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आइतबार सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

सम्पत्ति विवरणमा उनले आफ्नो काठमाडौं र चितवनमा दुई वटा घर रहेको उल्लेख गरेकी छिन् । श्रीमान गृहन्द्र घिमिरेको नाममा काठमाडौंमा र सासु आमा कृष्ण देवीको नाममा चितवनमा घर रहेको उनले उल्लेख गरेकी छिन् ।

उनले विवाहमा १० तोला र पैत्रिक ५ तोला गरी १५ तोला सुन तथा ९ तोला चाँदी रहेको उल्लेख गरेकी छन्। साथै विवाहकै बेला १ तोला हिरा प्राप्त भएको पनि विवरणमा उल्लेख छ।

बैंक खातामा भने बैंक ब्यालेन्स स्वरुप १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छिन् ।

सेयरतर्फ उनले ‘ग्लोब ट्रट हिमालय टुर्स एण्ड ट्रेक्स’ मा ५० प्रतिशत र ‘सोपा मल्टिपल कम्पनी’ मा ६ हजार ५ सय कित्ता प्रमोटर शेयर रहेको उल्लेख छ।

त्यसैगरी गाडी खरिदका लागि उनले राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख र एभरेष्ट बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख छ।

Stay Updated With 3 2 https://bajarkochirfar.com/how-much-is-law-minister-sobita-gautams-wealth | %tags
यो पनि पढ्नुहोस

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स