SHAREHUBSHAREHUB

नेपाली फिल्म परान, झरीपछिको इन्द्रेणी, एक्लो, दिमाग घोच्ने मान्छेको अहिलेसम्मको कमाई कति ?

AdvertisementAds
नेपाली फिल्म परान, झरीपछिको इन्द्रेणी, एक्लो, दिमाग घोच्ने मान्छेको अहिलेसम्मको कमाई कति ?
AdvertisementAds

बक्सअफिसले प्रदर्शनरत फिल्महरूको गत साता कमाइ सार्वजनिक गरेको छ। विवरण अनुसार, पछिल्लो शनिबार, ३ माघसम्मको कमाइ सार्वजनिक गरिएको हो।

दीपक आचार्य काकु निर्देशित फिल्म ‘परान’ ले कुल १७ करोड ७७ लाख २५ हजार ४८५ नेरु ग्रस कमाएको छ। सो अवधिसम्म फिल्मका ६ लाख ३० हजार ६९१ टिकट बिक्री भएका छन्।

‘झरीपछिको इन्द्रेणी’ ले १ करोड २० लाख ३९ हजार ३५९ नेरु ग्रस कमाइ गरेको छ, र यसका ३८ हजार २२५ टिकट बिक्री भएका छन्।

प्रदीप खड्का स्टारर ‘एक्लो’ ले अहिलेसम्म ५० लाख नेरु पनि नाघेको छैन। फिल्मले ९६ लाख ९५ हजार १८३ नेरु ग्रस कमाएको छ, र १४ हजार २५५ टिकट बिक्री भएका छन्।

वैकल्पिक राजनीतिका अभियन्ता स्वर्गीय उज्वल थापाबारे बनेको डकुमेन्ट्री ‘दिमाग घोच्ने मान्छे’ ले ३ लाख १२ हजार ९०० नेरु ग्रस कमाएको छ, र यसका ८०५ टिकट बिक्री भएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स