सरकारले बर्खे धान रोपाइँको सिजन नजिकिँदै गर्दा देशभर प्रयोगका लागि १ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ। प्रतिनिधिसभामा कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले गोदाममा रहेको, नेपाल भित्रिसकेको तथा गोदाममा प्रवेश हुन बाँकी रहेको मल जोडेर हाल उक्त परिमाण मौज्दात रहेको जानकारी दिएकी हुन्।
मन्त्री चौधरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको छ। त्यसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई बिक्री गरिएको उनले दाबी गरिन्।
यद्यपि, सरकारले सम्झौता गरिसकेको १ लाख ८७ हजार मेट्रिक टन मल भने अझै नेपाल आउन नसकेको उनले बताइन्।
उनले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मल उत्पादन, आपूर्ति र मूल्यमा असर परेको उल्लेख गरिन्। यही कारण चालु तथा आगामी आर्थिक वर्षको बजेटबाट खरिद गर्ने गरी सम्झौता भएको मलसमेत समयमा ल्याउन समस्या भएको उनको भनाइ थियो।
धान रोपाइँको सिजन नजिकिएकाले मल अभाव हुन नदिन मन्त्रालयले विशेष ध्यान दिइरहेको मन्त्री चौधरीले बताइन्।
















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)




![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया