पियोर इनर्जी लिमिटेडको सेयर कारोबार मंगलबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ। मंगलबार बिहान स्पेशल प्रि-अपनिङ सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८९.३० रुपैयाँ मा खुलेको हो।
नेप्सेले पियोर इनर्जीको पहिलो कारोबारका लागि ९६.४५ रुपैयाँदेखि २८९.३५ रुपैयाँसम्मको ओपनिङ रेन्ज निर्धारण गरेको थियो। यसमा उच्चतम रेन्ज अर्थात् २८९.३० रुपैयाँमै कारोबार सुरु भएको हो।
यसअघि कम्पनीका ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भइसकेको छ। दोस्रो बजारमा यसको सेयर कारोबार ‘PURE’ सिम्बोलमार्फत हुनेछ।



















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)
प्रतिकृया