एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने असार १९ गते अन्तिम दिन रहेको छ। लाभांश प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार, असार १९ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी र लाभांशका हकदार हुनेछन्।
लाभांश पारित गर्न कम्पनीले असार ३० गते (सोमबार) बारास्थित होटल इच्छा सिमरामामा दिउँसो १ बजे १७औं वार्षिक साधारणसभा बोलाएको छ। सभामा हाल कायम चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँको ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरिनेछ।
साथै, वार्षिक प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समितिमा समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट २ जना र १ जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ। बोनसपछि पूँजी बढ्ने भएकाले नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि राखिनेछ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया