SHAREHUBSHAREHUB

प्रतिनिधि सभाले चैत २२ भित्रै नयाँ सभामुख चयन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १८ गते
AdvertisementAds
प्रतिनिधि सभाले चैत २२ भित्रै नयाँ सभामुख चयन गर्ने
..
AdvertisementAds

प्रतिनिधि सभाले चैत २२ भित्रै सभामुख चयन गर्ने तयारी गरेको छ। बुधबार बसेको सर्वदलीय बैठकले प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख चयनको कार्यतालिका महासचिवमार्फत प्रकाशित गर्ने जिम्मेवारी दिने सहमति जुटाएको हो।

प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजे बस्नेछ। बैठकपछि फागुन २० गते सभामुख पदमा उम्मेदवारी दिने कार्यसूची तय गरिएको छ।

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन्डै दुई तिहाइ सिटसहित पहिलो दलको हैसियतमा रहेकाले, पार्टीले प्रस्ताव गर्ने उम्मेदवार स्वतः चयन हुने निश्चित छ। रास्वपाले वर्तमान उपसभापति डिपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स