प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ।
संघीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार, आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयको विनियोजनमाथि छलफल हुनेछ।
साथै, सांसदहरूले प्रस्तुत गरेका खर्च कटौतीका प्रस्तावहरू पनि बैठकमा पेस गरिने छन्। त्यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया