प्रतिनिधिसभा निर्वाचनः महोत्तरीमा कोको उठ्दैछन् ?

प्रतिनिधिसभा निर्वाचनः महोत्तरीमा कोको उठ्दैछन् ?

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर महोत्तरीमा मतदाताबीच उत्साह फैलिएको छ। राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्तामात्र होइन, मताधिकार नपाएका व्यक्ति पनि चुनावको चर्चामा सक्रिय देखिएका छन्। यो चर्चा चिया पसलदेखि हाटबजारसम्म फैलिएको छ।

मङ्गलबार उम्मेदवारको मनोनयनपत्र दर्तासँगै आम जनमानसमा चुनावी चर्चा चलेको हो। महोत्तरीका चार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १४३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार क्षेत्र नं १ मा २७, क्षेत्र नं २ मा ३७, क्षेत्र नं ३ मा ४२ र क्षेत्र नं ४ मा ३७ जनाले मनोनयनपत्र दर्ता गरेका छन्। जिल्लाभर १३ जना महिला उम्मेदवारले पनि मनोनयन दर्ता गरेका छन्, जसमा क्षेत्र नं १ मा चार, क्षेत्र नं २ मा पाँच, क्षेत्र नं ३ मा दुई र क्षेत्र नं ४ मा दुई जना छन्।

मुख्य जिल्ला अधिकारी इन्द्रदेव यादवले चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्वक र उत्साहजनक मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएको जानकारी दिए। उनका अनुसार यसअघि सर्वपक्षीय बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको थियो र उच्चतम सुरक्षा प्रबन्ध मिलाइएको छ।

महोत्तरीमा यसपालिको निर्वाचनका लागि चार लाख ३१ हजार २५२ मतदाता कायम छन्। यसमा दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९६ हजार ९७ महिला र दुई अन्य मतदाता रहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स