SHAREHUBSHAREHUB

प्रतिनिधिसभा निर्वाचन: भक्तपुरमाबाट कोको उठ्दैछन् ?

AdvertisementAds
प्रतिनिधिसभा निर्वाचन: भक्तपुरमाबाट कोको उठ्दैछन् ?
AdvertisementAds

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र क्षेत्र नं २ मा पुरानै उम्मेदवार अनुहार दोहोरिएका छन्। क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले चौथो पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् भने क्षेत्र नं २ बाट नेकपा (एमाले) का महेश बस्नेतले यसवर्ष तेस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।

क्षेत्र नं १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिएका छन्। नेपाल मजदुर किसान पार्टीबाट सुवाल पुरानै उम्मेदवार हुन् भने क्षेत्र नं २ मा ३२ जनाले उम्मेदवारी दर्ता गर्दा एमालेका बस्नेत पुरानै उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन्। यहाँ अधिकांश उम्मेदवार नयाँ हुन्।

भक्तपुर क्षेत्र नं १ मा २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे विजयी भएका थिए। विसं २०७४ मा उहाँले पार्टीमा पुस्तान्तरण गर्ने भन्दै उम्मेदवारी नदिने निर्णय गरेपछि नेमकिपाबाट सुवाल २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

नेकपा (एमाले)बाट उम्मेदवार भएका सोम मिश्र यसअघि चाँगुनारायण नगरपालिकाको प्रमुख रहिसकेका छन् र नेपाली कांग्रेसबाट उम्मेदवार भएका किरण न्यौपाने नेपाल बार एशोसिएशन भक्तपुरका अध्यक्ष रहिसकेका छन्।

भक्तपुर क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले यसवर्ष तेस्रो पटक उम्मेदवारी दिएका छन्। यसअघि २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट उनि उम्मेदवार भएका थिए। बस्नेतले नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए। विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका थिए। त्यतिखेर एमालेका बस्नेत पराजित भएका थिए। यसपटक यहाँ नेपाली कांग्रेसबाट पत्रकार कविर राणाले उम्मेदवारी दर्ता गरेका छन्।

AdvertisementAds

यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिव खत्री तथा नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा (दिपशिखा)ले उम्मेदवारी दर्ता गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स