भोलिदेखि सुरु हुँदैछ होण्डाको फ्री सर्भिस क्याम्प, कहाँ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २६ गते
भोलिदेखि सुरु हुँदैछ होण्डाको फ्री सर्भिस क्याम्प, कहाँ ?

नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले ग्राहक केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै विशेष ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका क्षेत्रका होण्डा प्रयोगकर्तालाई लक्षित गरी भोलि (जेष्ठ २७) देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा उक्त क्याम्प सञ्चालन हुने छ। कम्पनीले यस क्याम्पमार्फत सेवा र सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको छ।

कार्यक्रम अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीले तोकेको निश्चित गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रमअनुसार निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ। साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधामा विशेष छुट प्राप्त गर्नेछन्, जसमा लेबर चार्जमा १०%, पार्ट्समा ७%, ल्युब्रिकेन्टमा ५%, ए.सि. रिफिलमा २०% र डेन्ट–पेन्ट सेवामा १०% छुट प्रदान गरिनेछ। त्यस्तै, HDS Scan सेवा पनि निःशुल्क उपलब्ध गराइनेछ।

ग्राहकहरूप्रति समर्पित रहँदै कम्पनीले यस्ता सेवामूलक कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। स्याकार ट्रेडिङ्ग कम्पनीले सम्पूर्ण होण्डा ग्राहकहरूलाई यस अवसरको भरपुर लाभ लिन हार्दिक अनुरोध गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स