नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु नभएको स्पष्ट पारेका छन्।
आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मर्मत तथा सुधार कार्यका कारण अस्थायी रूपमा विद्युत आपूर्ति रोकिएको बताए। तर यसलाई लोडसेडिङ भनेर गलत ढंगले व्याख्या गरिएको जिकिर गरे।
शाक्यका अनुसार, चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भइरहेको छ। यही कारण आइतबार र सोमबारका दिनहरूमा विद्युत आपूर्ति बन्द गरिएको हो।
उनले थपे, “विद्युत क्षमता बढेसँगै पुरानो नेटवर्कले लोड धान्न नसक्ने अवस्था आएको छ, त्यसैले सुधार गर्नुपरेको हो।”

















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)
प्रतिकृया