insta insta

हितेन्द्रदेव शाक्य बने अपर तामाकोशी हाइड्रोपावरको अध्यक्ष

हितेन्द्रदेव शाक्य बने अपर तामाकोशी हाइड्रोपावरको अध्यक्ष
Advertisement Ads

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हितेन्द्रदेव शाक्यलाई सञ्चालक समितिको अध्यक्षका रूपमा सर्वसम्मत चयन गरेको छ। चैत २९ गते बसेको २९६औँ सञ्चालक समितिको बैठकमा शाक्यलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई चैत २१ गते प्राधिकरणको तर्फबाट कम्पनी सञ्चालकमा मनोनयन गरिएको थियो। कम्पनी सचिव सुरेशराज खकुरेलका अनुसार, बैठकले शाक्यलाई सञ्चालकको रुपमा स्वागत गर्दै सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

यससँगै, शाक्य अब कम्पनीको नेतृत्व गर्दै अपर तामाकोशी हाइड्रोपावरलाई थप सफलतातर्फ अघि बढाउने अपेक्षा गरिएको छ।

Screenshot 17 4 2025 125825 www.nepalstock.com https://bajarkochirfar.com/hitendradev-shakya-becomes-chairman-of-upper-tamakoshi-hydropower | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स