बोनस सेयरबापतको कर तिर्न हिमालयन लाइफ इन्स्योरेन्सको आग्रह, तिरेपछि मात्र डिम्याट खातामा पठाइने

बोनस सेयरबापतको कर तिर्न हिमालयन लाइफ इन्स्योरेन्सको आग्रह, तिरेपछि मात्र डिम्याट खातामा पठाइने
Advertisement Ads

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरूलाई १४ प्रतिशत बोनस सेयरबापतको कर तिर्न आग्रह गरेको छ। कम्पनीको गत फागुन ११ गते सम्पन्न सत्रौं वार्षिक साधारण सभाले पारित गरेको उक्त बोनस सेयर हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भई कारोबारमा समेत आइसकेको छ।

माघ २४ गतेसम्म कायम रहेका सेयरधनीहरूले बोनस सेयर प्राप्त गरेका छन्। तर, कम्पनीले कर तिरेपछि मात्र बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा पठाइने जानकारी गराएको छ। साथै, माघ २४ सम्म सेयर धितो राखी ऋण लिएका सेयरधनीहरूले बोनस सेयर प्राप्त गर्नका लागि कर तिर्नुका साथै ऋण लिएको बैंक वा वित्तीय संस्थाबाट एनओसी वा फकुवा पत्र पेश गर्नुपर्नेछ।

बोनस सेयरमा लाग्ने करबापतको रकम काठमाडौंको कमलादीस्थित शाइन रेसुंगा डेभलपमेन्टमा हिमालयन लाइफ इन्स्योरेन्सको नाममा रहेको बैंक खाता नम्बर ०८७००१००६१०९०९०००००मा जम्मा गर्न सकिने कम्पनीले जनाएको छ। रकम जम्माको भौचर वा कनेक्ट आईपीएसबाट जम्मा गरी कम्पनीको ई–मेल [email protected] मा पठाउन कम्पनीले आग्रह गरेको छ।

HLI https://bajarkochirfar.com/himalayan-life-insurance-shareholders-urged-to-pay-tax-on-bonus-shares-will-be-sent-to-demat-account-only-after-payment | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स