हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा आउँदो असार १० गते गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको जेठ १९ गते बसेको बैठकले सभा नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १०ः३० बजे गर्न निर्णय गरेको हो। सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतका दरले हुन आउने करसहित ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँबराबरको नगद लाभांश वितरण प्रस्ताव पेश गर्नेछ। सो प्रस्ताव पारित भएपछि सेयरधनीहरू लाभांश पाउने छन्।
सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, एनएफआरएसअनुसार तयार पारिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गर्नेछ। साथै, कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंक लिमिटेडको सोही वर्षको वित्तीय विवरण पनि सभाबाट पारित गरिनेछ। सभामा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव समेत पारित गरिनेछ। हालका लेखापरीक्षक एससि लाल एशोसिएट्सलाई पुनः नियुक्त गर्न प्रस्ताव गरिएको छ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने र आर्थिक वर्ष २०८०/८१ मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यस्तै, सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यस अनुसार, जेठ २७ गतेसम्म नेप्सेमा नाम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया