हाइलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित आफ्नो नवौं वार्षिक साधारणसभा डाकेको छ।
यो सभा पुस २८ गते आइतबार, होटल लेमन ट्री प्रिमियर, बूढानीलकण्ठमा दिउँसो ४ बजे सुरु हुनेछ।
सभामा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, र नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।
सभाले चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र उनका पारिश्रमिकको निर्धारण, सेयरको अंकित मूल्यमा संशोधन, प्रबन्धपत्रसहितको अधिकृत पुँजी र जारी पुँजी वृद्धि, तथा सञ्चालक नियुक्तिको एजेन्डा पनि अनुमोदन गर्नेछ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)


प्रतिकृया