देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुनसक्नेछ।
आज दिउँसो देशभर सामान्यतया बादली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमतीका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि धेरै स्थानमा वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
विशेषगरी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बागमतीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति पनि देशभर सामान्यतया बादली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले नदी तथा तटीय क्षेत्र र पहाडी भूभागका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रतिकृया