SHAREHUBSHAREHUB

सर्वोच्चमा ओलीको रिटमा सुनुवाइ पेसी तोकियो

AdvertisementAds
सर्वोच्चमा ओलीको रिटमा सुनुवाइ पेसी तोकियो
AdvertisementAds

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

सुनुवाइ न्यायाधीश मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा हुनेछ। यो मुद्दा चार वर्षदेखि सर्वोच्चमा विचाराधीन रहेको छ।

ओलीले रिटमा आफ्ना सांसदसहित बनेको नयाँ दलको वैधानिकतामा प्रश्न उठाउँदै एकीकृत समाजवादी पार्टीका १४ सांसदलाई पदमुक्त गर्न माग गरेका थिए। रिट २०७८ भदौ १७ मा दायर गरिएको हो।

रिटमा ओलीले एमाले विभाजन सम्बन्धी तत्कालीन राजनीतिक दलसम्बन्धी अध्यादेश, तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा, र लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाएका थिए।

सरकारले पछि राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले मात्र पार्टी विभाजन गरी नयाँ दल दर्ता गर्न सक्ने व्यवस्था ल्याएपछि, माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स