SHAREHUB SHAREHUB

निजी अस्पतालमा आकस्मिकबाहेक बिमा सेवा बन्द गर्ने स्वास्थ्य बिमा बोर्डको निर्णय

Advertisement Ads
निजी अस्पतालमा आकस्मिकबाहेक बिमा सेवा बन्द गर्ने स्वास्थ्य बिमा बोर्डको निर्णय
Advertisement Ads

स्वास्थ्य बिमा बोर्डले वित्तीय संकटको कारण देखाउँदै निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बिमा सेवा आंशिक रूपमा स्थगित गर्ने निर्णय गरेको छ।

बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनाअनुसार जेठ १६ गतेदेखि लागू हुने गरी निजी अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका बिमा सेवा बन्द गरिनेछ।

यो निर्णय जेठ ११ गते बसेको बोर्ड बैठकले गरेको हो। बोर्डका अनुसार अर्को निर्णय नभएसम्म स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट आकस्मिकबाहेक अन्य सबै स्वास्थ्य बिमा सेवा स्थगित रहनेछन्।

सूचनामा सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निजी क्षेत्रबाट प्रदान गरिने सेवामा वित्तीय व्यवस्थापनको समस्या देखिएकाले यस्तो निर्णय लिनुपरेको उल्लेख गरिएको छ।

insurance services suspended privately notice 1779865158677 https://bajarkochirfar.com/health-insurance-board-decides-to-close-insurance-services-in-private-hospitals-except-for-emergencies | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स