हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार पुस मसान्तसम्म कम्पनीले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५९ लाख रुपैयाँ घाटामा थियो।
सञ्चालन आम्दानी बढ्दा कम्पनीको नाफामा सुधार देखिएको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ६६.५० प्रतिशतले बढेर ५ करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ करोड ३५ लाख रुपैयाँ थियो।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सुधारिएको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५१ पैसा ऋणात्मकबाट बढेर १ रुपैयाँ ५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ७३ रुपैयाँ १५ पैसा रहेको छ



















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)

प्रतिकृया