हातवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारण सभा भदौ २५ गते बुधबार बिहान १० बजे काठमाडौँको आम्रपाली ब्याङ्क्वेटमा आह्वान गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ, जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश रहनेछ।
कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ रहेको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार भदौ १२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।
सभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, २०८१/८२ को वित्तीय विवरण र २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति प्रस्ताव पारित हुनेछ। साथै, ४ जना सञ्चालकको निर्वाचन, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन, १६ करोड ९८ लाख बोनस सेयर वितरण र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव प्रस्तुत हुनेछन्।
संशोधनका क्रममा नियामक निकायबाट सुझाव वा निर्देशन आएमा आवश्यक परिमार्जन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइनेछ।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया