आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल अघि बढ्ने क्रममा प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि विपक्षी दलहरूले विरोध जनाएका छन्।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गर्दै संसद् बैठकबाट बाहिरिएका छन्। प्रधानमन्त्री स्वयं उपस्थित भएर नीति तथा कार्यक्रमको जवाफ दिनुपर्नेमा अनुपस्थित रहेको भन्दै विपक्षीहरूले राजीनामासमेत माग गरेका छन्।
आजदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यसूची रहेको थियो। तर प्रधानमन्त्रीको सट्टा डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेका हुन्। अहिले उनीहरूले संसद्मा प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी र विरोध जारी राखेका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया