श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले सोमबार प्रतिनिधिसभा बैठकमा सरकारद्वारा ल्याउन लागिएको बजेटप्रति प्रश्न उठाएका छन्। उनले बजेट निर्माण प्रक्रियामा प्रतिपक्ष दलहरूसँग पर्याप्त छलफल नभएको भन्दै सरकारको आलोचना गरे।
उनले व्यंग्य गर्दै भने, ‘बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बजेट हो ?’ भन्दै बजेट सबै राजनीतिक दल तथा सरोकारवालासँग परामर्श गरेर मात्र तयार गर्नुपर्ने आवश्यकता औंल्याए।
साम्पाङले लिपुलेक क्षेत्रमा भारत र चीनबीच व्यापार सुरु भएको विषयमा पनि सरकार मौन बसेको आरोप लगाए। उनले राष्ट्रिय स्वाधीनताको सवालमा सरकार गम्भीर हुनुपर्ने भन्दै प्रश्न उठाए।
त्यस्तै, उनले सुकुम्बासीमाथि सेनाको दुरुपयोग गरी त्रास सिर्जना गरिएको दाबी गर्दै घरबारविहीन नागरिकको अवस्था प्रति सरकार संवेदनशील नभएको टिप्पणी गरे। उनले प्रश्न गरे, ‘गरिबका भत्किएका घर र होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानुभयो ?’
सांसद साम्पाङले सरकारले अध्यादेशमार्फत ऐन ल्याउने अभ्यासप्रति पनि असन्तुष्टि जनाउँदै यसले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने बताए। ‘अध्यादेश जारी गरेर ऐन ल्याउनु भनेको लोकतन्त्रको धज्जी उडाउनु हो,’ उनले भने।
साथै, उनले सीमावर्ती नाकाबाट रातभर लागुऔषध तस्करी भइरहेको विषय उठाउँदै त्यसतर्फ सरकारको गम्भीर ध्यान जानुपर्ने माग गरे।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया