प्रधानमन्त्री बन्ने घोषणा सहित नयाँ श्रम संस्कृति पार्टी स्थापना गरेका हर्क साम्पाङ आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावका लागि सक्रिय रूपमा टिकट वितरण गरिरहेका छन्। धरानका मेयर समेत रहेका साम्पाङले टिकट लिन चाहने उम्मेदवारहरूलाई धरानमै बोलाइरहेका छन् र धरानस्थित पार्टीको सम्पर्क सचिवालयमार्फत प्रत्यक्ष तर्फका उम्मेदवारहरूको टिकट जिल्ला–जिल्ला पठाइरहेका छन्।
पार्टीका महासचिव आरेन राईका अनुसार, “‘कोशी (१ नम्बर) र बागमती (३ नम्बर) प्रदेशका जिल्लाहरूमा लगभग धेरै उम्मेदवार टुंगिसकिएको छ। बाँकी क्षेत्रहरूमा पनि उम्मेदवार टुंग्याउने प्रक्रिया जारी छ।” श्रम संस्कृति पार्टीले देशभरि प्रत्यक्ष तर्फ उम्मेदवार खडा गर्ने तयारी गरिरहेको जनाएको छ।
साम्पाङले टिकट दिएका उम्मेदवारहरू
धनकुटा : सानबहादुर राई,
काठमाडौं–१ : समीर तामाङ
काठमाडौं–७ : मणिराम प्रधान
झापा–१ : केबलराम राई
झापा–२ : केशब भण्डारी
झापा–३ : दीपक तिम्सिना
झापा–४ : अमृता राई
रामेछाम : ढालबहादुर मगर
ताप्लेजुङ : सन्तोष राई
पाँचथर : ब्रबिम शेर्मा
संखुवासभा : उमा राई
उदयपुर–२ : बलराज राई
भोजपुर : ध्रुब राई
मोरङ–१ : शान्ति पाख्रिन
सोलुखम्बु : बियस राई













![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया