ज्ञानेन्द्र शाहीको स्पष्टीकरण: ‘मेरो उम्मेदवारी व्यक्ति र पार्टीविरूद्ध होइन, केन्द्रको ‘दास व्यवहार’ विरूद्ध हो’

ज्ञानेन्द्र शाहीको स्पष्टीकरण: ‘मेरो उम्मेदवारी व्यक्ति र पार्टीविरूद्ध होइन, केन्द्रको ‘दास व्यवहार’ विरूद्ध हो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा पार्टीविरुद्ध नभएको बताएका छन्। उनले सौहार्दपूर्ण प्रतिस्पर्धाको पक्षमा रहेको पनि स्पष्ट पारे।

शाहीले भने, “मेरो उम्मेदवारी कुनै पार्टी वा व्यक्तिका विरुद्ध होइन। मेरो उम्मेदवारी त केन्द्र सत्ताले सधैं जुम्लाका जनप्रतिनिधिलाई सम्झिने र गर्ने दास व्यवहारविरुद्ध हो। एउटै टेबलमा र एउटै कपमा चिया खाएर जुम्ली जनताको आशीर्वाद ग्रहण गर्नु नै हाम्रो परम कर्तव्य हो। यसरी प्रजातान्त्रिक प्रक्रियालाई अभ्यास गर्ने चुनावी माहौलमा होमिनु पर्छ।”

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफ्ना उम्मेदवारी कुनै दल वा पार्टीविरुद्ध नभएको र सौहार्दपूर्ण प्रतिस्पर्धा गर्न आह्वान गरेको बताए।

यसैबीच, रास्वपा उम्मेदवार विनिता कठायतले शाहीप्रति लक्षित गर्दै मतदातामा “भ्रम फैलाएर भोट मागिरहेको” आरोप लगाएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स