गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ८९.९६ प्रतिशतले बढेर ३ करोड ९५ लाख ८३ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढ्नु नाफामा बढ्नुको मुख्य कारण हो।
चौथो त्रैमाससम्ममा गुराँस लघुवित्तको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशतले बढेर १३ करोड २४ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ४२.१६ प्रतिशतले बढेर १५ करोड ९७ लाख रुपैयाँमा पुगेको छ। यता, सञ्चालन मुनाफा ८७.८५ प्रतिशतले बढेर ६ करोड ३ लाख रुपैयाँमा पुगेको छ।
बैंकको खराब कर्जा अनुपात ०.७६ प्रतिशतबिन्दुले घटेर २.९१ प्रतिशतमा सीमित भएको छ।
समीक्षा अवधिमा लघुवित्तले ४५ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ३० करोड २५ लाख रुपैयाँ सापटी गरी १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
लघुवित्तको चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १८ पैसाले बढेर ३४ रुपैयाँ १७ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७९ पैसा रहेको छ।
असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात (P/E Ratio) ६४.७८ गुणा रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।


प्रतिकृया