गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी चैत ११ गते सोमबार दोस्रो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। फागुन १५ गते सम्पन्न सञ्चालक समितिको बैठकले बिराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।
सभामा अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने तथा पूँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि छलफल हुनेछ।
त्यसैगरी, वार्षिक प्रतिवेदन, वित्तीय विवरण अनुमोदन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, दुई जना सञ्चालक निर्वाचन, सञ्चालकको भत्ता तथा सुविधा निर्धारण, र खर्च अनुमोदनजस्ता प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।
सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन २५ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।



















प्रतिकृया