गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, यस्तो छ हेर्ने तरिका

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, यस्तो छ हेर्ने तरिका

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज बिहान गोलाप्रथामार्फत बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो।

क्यापिटलका अनुसार, कुल १८ लाख ३० हजार ८७५ जनाले आवेदन दिएका थिए। तीमध्ये ८ हजार ४५२ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ। बाँकी १८ लाख २२ हजार ४२३ जना योग्य आवेदक मध्येबाट गोलाप्रथामार्फत १० कित्ताका दरले १ लाख ८४ हजार ५०० जनालाई सेयर वितरण गरिएको छ। अन्य आवेदकको हात खाली रहेको छ।

कम्पनीले पुस २१ देखि २४ गतेसम्म सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरका १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो।

यस्तो छ नतिजा हेर्ने तरिका:

आईपीओको नतिजा सीडीएस एन्ड क्लियरिङ लिमिटेडले बनाएको (https://iporesult.cdsc.com.np/) वेबसाइटमार्फत हेर्न सकिनेछ। नतिजा हेर्न केहीबेर भने कुर्नुपर्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स