कृषि तथा पशुपक्षी विकास मन्त्री राम नाथ अधिकारीले कृषि ऋणलाई सरल र सुलभ बनाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन्। केन्द्रीय बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँगको छलफलमा मन्त्री अधिकारीले गरिबी निवारणका लागि कृषिको माध्यमबाट साना किसानले सहज रूपमा ऋण प्राप्त गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।
उनले कृषि ऋणको सही उपयोग भएको नहुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यसको प्रभावकारी अनुगमन गर्न राष्ट्र बैंकलाई आग्रह गरे। साथै, कसैले ऋण नपाउने र पाउनेले पनि त्यसलाई अन्य प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्नेमा उनले जोड दिए। सरकारी स्वामित्वका बैंकहरूले पनि कृषि कर्जा प्रवाह बढाउनुपर्ने र राष्ट्र बैंकका नीति निर्देशनको पालना गर्नुपर्ने उनले उल्लेख गरे।
गभर्नर डा. पौडेलले कृषिमा गरिएको लगानीको प्रतिफल आउन नसकेको स्थिति आफ्नो पनि चासोको विषय भएको बताउँदै, किसानलाई व्यावसायिक नबनाईकन लगानीबाट अपेक्षित परिणाम नआउने बताए। उनले आफूले हालै विभिन्न जिल्लामा भेटेका गुनासो उल्लेख गर्दै, “माटो खेलाउने किसानले ऋण नपाउने तर कागज खेलाउनेले ऋण पाउने” अवस्था देखिएको बताउँदै यथार्थपरक सुधारको आवश्यकता औंल्याए।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया