गभर्नर पौडेलले भने, “५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ”

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २२ गते
गभर्नर पौडेलले भने, “५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ”

गभर्नर विश्वनाथ पौडेलले यतिबेला लगानीयोग्य रकम पर्याप्त रहेको बताउँदै लगानीको अवसर आएको बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन गर्दै उनले भने, “अहिले बैंकमा निक्षेप उच्च रहेको र विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त छ, जसले दिगो र सन्तुलित विकासका लागि लगानीको अवसर सिर्जना गरेको छ।”

राष्ट्र बैंकसँग बैंकहरूले जम्मा गरेका ५ खर्ब २० अर्ब रुपैयाँ रकम रहेको उल्लेख गर्दै उनले अब वित्त नीतिले नेतृत्व गरेर ऊर्जा जस्ता लगानी क्षेत्रहरूका साथै अन्य क्षेत्रहरू पहिचान गर्नुपर्नेमा जोड दिए ।

मौद्रिक नीति र वित्त नीतिबीच समन्वय गरेर अघि बढ्नुपर्ने समय आएको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको नियमनमा माइक्रो इकोनोमिक दृष्टिकोणले सोच्नुपर्ने अवस्था रहेको उनले बताए ।

ग्रामीण क्षेत्रमा चाहेअनुसार ऋण पुग्न नसकेकोले आगामी मौद्रिक नीतिले यसलाई सम्बोधन गर्ने उनले बताए ।

‘जुन क्षेत्रमा ऋण जानुपर्ने हो, त्यहाँ नपुगेको गुनासो छ, त्यसलाई सम्बोधन गर्ने प्रयास आगामी मौद्रिक नीतिमा हुनेछ’ उनले भने ।

सबै क्षेत्रलाई समेट्ने र सबैलाई माथि लैजाने मौद्रिक नीतिको प्राथमिकता रहने उनले बताए । दिगो विकासलाई राष्ट्र बैंकले सधैं प्राथमिकता दिने पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स