SHAREHUB SHAREHUB

चर्को विरोधपछि गभर्नर पौडेलले गरे ८ जना उपनिर्देशकको बढुवा

Advertisement Ads
चर्को विरोधपछि गभर्नर पौडेलले गरे ८ जना उपनिर्देशकको बढुवा
Advertisement Ads

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले अन्ततः ८ जना उपनिर्देशकलाई निर्देशक (अधिकृत प्रथम) पदमा बढुवा गर्ने निर्णय गरेका छन्। कर्मचारीहरूको चर्को विरोध र कालो ब्यानर प्रदर्शनपछि यो निर्णय सार्वजनिक गरिएको हो।

बैंकको ७१औँ वार्षिकोत्सवका अवसरमा कर्मचारीहरूले गभर्नरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यक्रम बहिष्कार गरेका थिए। अमेरिका भ्रमणबाट फर्केलगत्तै आयोजित कार्यक्रममा कर्मचारी संघका पदाधिकारीहरूले मूलद्वारमै कालो ब्यानर राख्दै ‘गैरजिम्मेवार व्यवहार’ विरुद्ध नाराबाजी गरेका थिए।

यसको भोलिपल्ट मानव संसाधन व्यवस्थापन विभागले सम्झना ढकाल, नविना ढकाल, संजीव कुमार झा, सुमन नेउपाने, पुष्पा अधिकारी, मोहन पुडासैनी, कमल प्रकाश कालाथोकी र शिखा अधिकारी (रेग्मी) लाई निर्देशक पदमा बढुवा गरिएको सूचना जारी गरेको हो।

यसअघि सम्भावित विरोधका दृश्य सार्वजनिक नहोस् भनेर गभर्नर पौडेलले कार्यक्रममा निजी सञ्चारमाध्यमलाई प्रवेश निषेध गरेका थिए भने सरकारी मिडियालाई मात्र सहभागी गराइएको थियो। यस कदमको बैंकभित्रै अनुदार र अधिनायकवादी शैली भन्दै आलोचना भइरहेको छ।

लामो समयदेखि बढुवा रोकिएको भन्दै आलोचना खेप्दै आएका गभर्नर पौडेलले चौतर्फी दबाबपछि मात्र यो निर्णय लिएको बताइएको छ। निर्वाचन आचारसंहिता र पदाधिकारीको विदेश भ्रमणका कारण माघदेखि रोकिएको बढुवा प्रक्रिया हालैको विरोधपछि टुङ्गिएको हो।

Advertisement Ads

download 3 2 https://bajarkochirfar.com/governor-poudel-promotes-8-deputy-directors-after-strong-opposition | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स