SHAREHUBSHAREHUB

सरकारले गर्यो १५ सहसचिवको सरुवा

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २४ गते
AdvertisementAds
सरकारले गर्यो १५ सहसचिवको सरुवा
AdvertisementAds

सरकारले १५ जना राजपत्रांकित प्रथम श्रेणीका सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए। उनले भने, “राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गरी आवश्यक स्थानमा कामकाजका लागि खटाउने निर्णय भएको छ।”

त्यस्तै, न्याय सेवाका ८ जना राजपत्रांकित प्रथम श्रेणीका सहसचिवको पनि सरुवा गरिएको छ। मन्त्री खरेलका अनुसार, “नेपाल न्याय सेवा, न्याय समूहका यी ८ अधिकृतको सरुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स