सरकारले समस्याग्रस्त सहकारी संस्थामा बचत गर्ने साना बचतकर्तालाई तत्काल राहत प्रदान गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेका सरकारका नीति तथा कार्यक्रममार्फत यसबारे जानकारी दिइएको हो।
उनका अनुसार सहकारी क्षेत्रको नीतिमा पुनरावलोकन गरिनेछ र नयाँ राष्ट्रिय सहकारी नीति ल्याइनेछ। सहकारी क्षेत्रका समस्या समाधान गर्न “राष्ट्रिय नियामक प्राधिकरण” मार्फत विशेष कोष स्थापना गरिनेछ।
त्यसैगरी, सहकारी सूचना केन्द्र र ऋण असुली न्यायाधिकरण स्थापना गरिने योजना छ। साथै, सहकारीसम्बन्धी तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय प्रणालीको मापदण्ड तय गरिनेछ। सहकारी र गरिबी निवारणसम्बन्धी व्यवस्थापन प्रणालीलाई समेत स्तरोन्नति गरिने राष्ट्रपति पौडेलले बताएका छन्।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया