सरकारले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा नि:शुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमा यस्तो व्यवस्था गरिएको हो।
पहिलो १०० दिनभित्र कम्तीमा २५ वटा यस्ता बसहरू सञ्चालनमा ल्याइनेछ।
साथै, सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोक्न ३० दिनभित्र सबै सवारी साधनमा सीसीटीभी वा ड्यासक्याम जडान गर्नुपर्ने र राइड-सेयरिङ एपहरूमा सिधै प्रहरीसँग जोडिने ‘एसओएस’ (SOS) बटन अनिवार्य गर्ने व्यवस्था सरकारले गरेको छ।


प्रतिकृया