instainsta

सरकारले फिर्ता गर्यो समस्याग्रस्त शिवशिखर सहकारीका २१६ जना बचतकर्ताको रकम

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २७ गते
सरकारले फिर्ता गर्यो समस्याग्रस्त शिवशिखर सहकारीका २१६ जना बचतकर्ताको रकम
AdvertisementAds

सरकारले समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीका २१६ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋणीबाट असुल गरिएको रकमबाट उनीहरूलाई भुक्तानी गरेको जनाएको छ।

समितिका अनुसार समस्याग्रस्त सहकारीहरूबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी छ।

हाल शिवशिखरसहित समस्याग्रस्त सहकारीहरूका करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।

पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता र पाँच लाख रुपैयाँभन्दा बढी बचत भएका व्यक्तिलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। समितिका अनुसार कुल ७६ हजार बचतकर्तामध्ये करिब १८ हजार जनाको बचत पाँच लाख रुपैयाँभन्दा बढी रहेको छ।

समितिले हालसम्म विभिन्न समस्याग्रस्त सहकारीका १ हजार ३१३ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरिसकेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स