जापान, कोरिया र युरोपमा कामदार पठाउने तयारीमा सरकार

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १० गते
जापान, कोरिया र युरोपमा कामदार पठाउने तयारीमा सरकार
AdvertisementAds

सरकारले दक्ष र अर्धदक्ष नेपाली श्रमिकलाई जापान, कोरिया तथा युरोपेली मुलुकहरूमा संस्थागत तवरबाट पठाउने प्रक्रिया सुरु गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आगामी जुलाईदेखि युरोपमा श्रमिक पठाउने प्रक्रिया सुरु हुने जानकारी दिए।

उनका अनुसार वैदेशिक रोजगार नीतिअनुसार दक्ष र सिपयुक्त नेपाली श्रमिकलाई कोरिया र जापानमा पठाउने निर्णय भइसकेको छ। साथै, वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी नियन्त्रणमा सरकार गम्भीर रहेको उनले बताए। मन्त्री भण्डारीले उजुरी परेमा सम्बन्धित निकायमार्फत कडाभन्दा कडा कारबाही गरिने प्रतिबद्धता पनि जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स