सरकारले खुला गर्‍यो सुपारी, केराउ र मरिचको आयात

सरकारले खुला गर्‍यो सुपारी, केराउ र मरिचको आयात

सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि यी वस्तुको आयात अनुमति दिने निर्णय गरिएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै २०८२ पुस २८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आयात खुला गरिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार विगतका वर्षहरूमा जस्तै उद्योगको उत्पादन क्षमता र कच्चा पदार्थको खपतका आधारमा उद्योग विभागले आयात कोटा सिफारिस गर्नेछ । त्यसैगरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयात अनुमति प्रदान गर्ने व्यवस्था गरिएको छ ।

यसअघि सुपारी, केराउ र मरिच आयात गरी भारत लगायतका देशमा पुनः निर्यात गरिएको भन्दै व्यापारिक प्रयोजनका लागि यस्ता वस्तुको आयातमा रोक लगाइएको थियो । तर पछिल्लो समय उद्योगहरूले औद्योगिक प्रयोजनको नाममा यस्ता वस्तु आयात गरी दुरुपयोग गर्ने गरेको आरोप पनि लाग्दै आएको छ । सरकारको यो निर्णयसँगै उद्योगलाई कच्चा पदार्थको सहज आपूर्ति हुने अपेक्षा गरिएको छ । तर आयातको दुरुपयोग रोक्न प्रभावकारी अनुगमन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स